• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख २१ हजार १५७ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०७:४४

१९ असोज, २०७८ काठमाडौँ : विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २१ हजार १५७ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरले मंगलबार विहानसम्म गरेको अपडेटअनुसार अमेरिकामा ५९ हजार ८२७, बेलायतमा ३५ हजार ७७, टर्कीमा २८ हजार ८१०, रुसमा २५ हजार ७८१, भारतमा १६ हजार ७६२ ब्राजिलमा १० हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

यही अवधिमा ४ हजार ५७९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा ८८३, अमेरिकामा ५२६, टर्कीमा २४८, भारतमा २५४, ब्राजिलमा १९९ र बेलायतमा ३३ जनाको मृत्यु भएको छ । यही अवधिमा ५ लाख २५ हजार २३१ जना संक्रमणमुक्त भएका छन् । निकोहुनेमा अमेरिकाका धेरै छन् । जहाँ एक लाख ३८ हजार ४३ जना एकैदिन निको भएका हुन ।


यसैगरी बेलायतमा ३५ हजार, टर्कीमा ३३ हजार भारतमा २९ हजार ब्राजिलमा १९ हजार र रुसमा १४ हजार बढी कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ करोड ३१ लाख ६३ हजार ८७७ पुगेको छ । कुल संक्रमित २३ करोड ६१ लाख १० हजार १०७ मध्ये हालसम्म ४८ लाख २१ हजार ८५८ जनाको मृत्यु भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया