• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बेलुका

एकान्तकुनाबाट दुई विचौलिया पक्राउ

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०९:५०

१८ असोज, २०७८ काठमाडौँ : यातायात व्यवस्था कार्यालय,एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

National Life

लाईनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ परेकाे छन् ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ्ग गरि लिदै गरेको अबस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईलेजानकारी दिए।


महाशाखाको पीडित सहायता कक्षबाटसादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।
पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया