• २० असोज २०८३, मंगलबार
  • ८ः३४ राती

आख्यानकार मीनराज बसन्तद्वारा अनुवादित “लेनिन” विमोचन

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०५:५१

१६ असोज, २०७८ काठमाडौँ :आख्यानकार मीनराज बसन्तद्वारा अनुवाद गरिएको बिश्व चर्चित पुस्तक ‘लेनिन’ एक कार्यक्रमका बिच विमोचन गरिएको छ। काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का नेता मेटमणि चौधरीले उक्त पुस्तकको विमोचन गरेका हुन।

National Life

कार्यक्रममा  चौधरीले  बिश्वक्रान्तिका  आदर्श व्यक्ति लेलिनको राजनितिक यात्रा र लेनिनबादि संगठनको बारेमा चर्चा  गरेका थिए। लेनिन नभएको भए मार्क्सको दर्शनलाई विश्वव्यापीकरण नहुने बताए। माक्सवादलाई कम्निष्ट आन्दोलनको पुस्तक मानिरहँदा  यदि लेनिन नभएको भए मार्क्सका दर्शन तथा सिर्जना कार्यन्वयनमा नआउने उल्लेख गरे। उनले नेपाली भाषामा प्रकाशित पुस्तकले लेनिनलाई अझै नजिकबाट बुझन सजिलो हुने बिस्वास व्याक्त गरे  ।


बसन्तले भारतिय साहित्यकार राहुल साङ्कृत्याङले लेखेको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेका हुन्। उक्त पुस्तकलाई विएन पुस्तक संसार पब्लिकेशनले बजारमा ल्याएको हो। बसन्तका मुदिर, पिपिरी उपन्यास संग्रह चर्चित छन् भने बिभिन्न कविता निबन्ध लगायत दर्जनौं लेख प्रकाशित छन्।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया