• २१ असोज २०८३, बुधबार
  • १२ः१० राती

कोरोना भाइरसविरुद्ध प्रभावकारी देखियो खाने औषधि, गम्भीर बिरामी र मृत्यु रोक्न सफल

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार १०:५९

१६ असोज, २०७८ काठमाडौँ : अन्तरिम परीक्षणमा रहेको एक औषधिले गम्भीर अवस्थाको कोभिड–१९ को संक्रमण भएमा अस्पताल भर्ना वा सम्भावित मृत्यु आधाले कम गर्ने देखिएको छ । मोल्नापिराविर नाम गरेको ट्याब्लेट दिनको दुईपटक बिरामीलाई दिइएको थियो। अमेरिकी औषधि उत्पादक मर्कले नतिजा निकै सकारात्मक आएको बताएको छ । मर्कले अबको दुई हप्ताभित्रै अमेरिकामा सो औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने बताएको छ।

National Life

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले मोल्नापिराविरको परीक्षण नतिजा निकै राम्रो खबर रहेको बताएका छन् । तर फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले परीक्षणको नतिजा पुनर्मूल्यांकन नगर्दासम्म सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।


नियामक निकायहरुले यो औषधिलाई स्वीकृति प्रदान गरेमा कोभिड–१९ को उपचारका लागि प्रयोगमा आउने पहिलो खाने औषधि बन्ने छ । यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

७७५ जनामा गरिएको परीक्षणमा औषधि आएकामध्ये ७.३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भए। ‘डमी’ औषधि दिइएकामध्ये १४.१ प्रतिशत अस्पताल भर्ना हुनुपरेको देखियो। मोल्नापिराविर खाएकाहरुको कोभिड–१९ बाट मृत्यु भएन, तर डमी औषधिमात्रै दिइएकामध्ये ८ जनाको कोभिड–१९ का कारण ज्यान गएको हो।

प्रतिकृया