• ५ साउन २०८३, मंगलबार
  • १२:०३ बिहान

ताइवानको हवाई क्षेत्रभित्र उडे ३८ चिनियाँ सैनिक जहाज

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ११:१०

१६ असोज, २०७८ काठमाडौँ : चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना रहेको ताइवानको भनाइ छ ।


दुई चरणमा परमाणु क्षमतायुक्त बमर जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्र (एअर डिफेन्स आइडेन्टिफिकेशन जोन–एडिआइजेड) मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली पनि तैनाथ गरेको बिबिसीले जनाएको छ।

Kamana Sewa

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ । ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ । तर चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया