• १९ असोज २०८३, सोमबार
  • ७ः०५ बेलुका

स्मार्ट दसैँ अफरमा बीओकेका कार्ड बाहकलाई २० प्रतिशत नगद फिर्ता

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ११:३९

१५ असोज, २०७८ काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले स्मार्ट डोकोको स्मार्ट दसैँ अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका छन्। दसैँलाई लक्षित गरी स्मार्ट डोकोले असोज १४ बाट सञ्चालनमा ल्याएको स्मार्ट दसैँ अफरमा बैंकको कार्ड बाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंक अफ काठमाण्डूले जनाएको हो।

National Life

बैंकका अनुसार यस अफरमा अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत वा अधिकतम रु।१५०० सम्म नगद फिर्ता पाइनेछ। स्मार्ट दसैँ अफर विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिदमा उपलब्ध हुने बैंकले जनाएको छ।


बैंकले देशभर ९० शाखा कार्यालय, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया