• २१ असोज २०८३, बुधबार
  • ४ः११ बिहान

नेपाल बैंकसहित यी कम्पनीको कारोबार उच्च

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०४:५४

१४ असोज, २०७८ काडमाडौँ : नेप्सेमा आज ३२ दशमलव ५१ अंकले घटेर २६ सय ३३ दशमलव ४२ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ६ दशालव ४१ अंकले घटेर ४ सय ९७ दशमलव ५ विन्दुमा रोकिएको हो । आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेड कम्पनीको कारोबार भएको छ । कम्पनीको आज १२ करोड माथिको शेयर कारोबार भएको हो ।

National Life

त्यस्तै, आज अपि पावर कम्पनीको १० करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ भने मेगा बैंकको १० करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, हिमालयन डिस्टीलरीको ९ करोड ८४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिकृया