• २१ असोज २०८३, बुधबार
  • २ः४० राती

गरिबलाई १० हजार : दसैंअघि पाँच अर्ब बाँडिने

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०२:४८

१४ असोज, २०७८ काठमाडौँ : अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषदमा पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोनाबाट प्रभावित ५ लाख गरिब तथा विपन्न नागरिकलाई १० हजारका दरले ५ अर्ब रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको छ । उक्त भत्ता वितरणका लागि अर्थमन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको छ ।

National Life

‘कोभिडका कारण रोजगारी गुमाएका गरिब तथा विपन्न नागरिकलाई सिधै नगद हस्तान्तरण गर्नका लागि कार्यविधि निर्माण गरी मन्त्रिपरिषदमा पठाइएको छ’, अर्थमन्त्रालय स्रोतले भन्यो।



मन्त्रिपरिषदबाट कार्यविधि पास भएपछि भत्ता वितरण थालिने उनले बताए । भत्ता दसैं अगाडि नै वितरण गर्ने तयारीसमेत भएको उनले बताए । विगतमा सरकारका कुनै सुविधा लिइरहेका वा दोहोरोपन नहुने गरी स्थानीय तहमार्फत भत्ता वितरण हुने प्रवक्ता आचार्यको भनाई छ ।
सिधै नगद हस्तान्तरण गर्ने गरी नेपालमा पहिलोपटक यस्तो कार्यक्रम ल्याइएको हो । गरिबको पहिचान कसरी गर्ने, त्यसको मापदण्ड के हुने र कसले प्राप्त गर्ने जस्ता सम्पूर्ण व्यवस्था कार्यविधिमा उल्लेख गरेको आचार्यले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया