• २० असोज २०८३, मंगलबार
  • ९ः४१ राती

मन्त्रालयको भागबण्डा आजभोलि नै टुंगिन्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०१:३९

‘राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया अघि बढेको छ’

National Life

१४ असोज, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आजभोलि नै मन्त्रालयको भागबण्डा टुंगिने बताएका छन् बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय पनि छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदैछ’ प्रचण्डको भनाइ छ ।


पूर्व प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा पारिएको बताए । ‘तपाईंहरुले हेरिरहनु भयो होला, पहिलोचोटी सरकारको साझा न्युनतम कार्यक्रममा सहिद तथा वेपत्ताका बारेमा घाइते अपाङ्गका बारेमा राज्यका तर्फबाट गर्नुपर्ने राहत वितरण, उपचारका सन्र्दभमा औपचारिक दस्तावेजीकरण भएर अघि बढेको छ’, उनले भने, ‘विगतमा छुटेकाहरूलाई समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने भनेर प्रक्रिया पनि अघि बढेको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया