• 3:01 pm

कोरोना जोखिम बढ्यो, उपत्यकामा कडाई, भिडभाड र सभा सम्मेलनमा रोक (आदेशसहित)

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार ०१:५३

१४ असोज, २०७८ काठमाडौँ : भीडभाड बढेपछि कोरोना भाइरसको जोखिम बढेको छ । दशैंको मुखमा बजारहरुमा भीडभाड बढेको हो । यसले कोरोना भाइरसको संक्रमण बढ्ने जोखिम देखिएको छ । उपत्यकाका मुख्य बजारहरु भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, न्युरोड, बागबजार, पुतलीसडकमा भीडभाड बढेको छ ।


ललितपुरको मंगलबजार, कुमारीपाटीलगायतका क्षेत्रमा पनि भीड बढेको छ । भीडभाड बढेपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आदेश जारी गरी भीडभाड, सभा जुलस, जात्रा महोत्सव, भोजभत्तेर आदी नगर्न नगराउन भनेका छन् । चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न भनिएको छ । सार्वजनिक सवारी साधानहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरिएको छ ।

प्रतिकृया