• २० असोज २०८३, मंगलबार
  • २ः३५ राती

सुनको मूल्य गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ आश्विन १४ गते, बिहीबार १२:०४

१४ असोज, २०७८ काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ।

National Life

मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो। जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।


यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया