बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध
प्रकाशित मिति
२०७८ आश्विन १४ गते, बिहीबार ०९:५१
१४ असोज, २०७८ काठमाडौँ : बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकोमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्।
कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको नेतृत्व दिन गठबन्धनका अरु घटकलाई आग्रह गरेपछि कोइरालाले असहमति जनाएका हुन्। सत्तामुखी खेलले कांग्रेसलाई कमजोर बनाउने भएकाले त्यसतर्फ लाग्न नहुने नेता कोइरालाको मत छ।
‘बागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ।
यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ’, कोइरालाले अगाडि भनेका छन्, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको होरु यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु।’








प्रतिकृया