• २० असोज २०८३, मंगलबार
  • ९ः२४ राती

कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०३:४६

१३ असोज, २०७८ दोहा : कतार एयरवेज समूहले सन् २०२०/२१ को आफ्नो बार्षिक प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड ९१९ महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको छ ।

National Life

कतार एयरवेज समूहले आफ्नो कूल घाटा कतारी रियाल १९/९ बिलियन (अमेरिकी डलर ४.१ बिलियन) देखाएको छ । यस मध्य कतारी रियाल ४ बिलियन (अमेरिकी डलर २.३ बिलियन)को कारकका रुपमा एयरलाइन्सको एयरबस ए३८० र ए३३० फ्लिट्सको ग्राउन्डिङ सम्बन्धी एक पटकको हानी शुल्क रहेको छ । महामारीका दौरान समूहले सञ्चालन घाटा कतारी रियाल १.१ बिलियन (अमेरिकी डलर २८८.३ मिलियन) रिपोर्ट गरेको छ ।


यो सन् २०१९/२० का तुलनामा ७ प्रतिशतले कम हो । साथै, समूहले पछिल्लो बर्षको कतारी रियाल ५ बिलियन ९अमेरिकी डलर १.४ बिलियन०का तुलनामा कतारी रियाल ६ बिलियन (अमेरिकी डलर १.६ बिलियन) का साथ ईबीआईटीडीएमा उल्लेखनीय सुधार हात पारेको छ । समूहको फ्राइट डिभिजन, कतार एयरवेज कार्गोले विश्वकै सबैभन्दा ठूलो कार्गो वाहकका रुपमा आफ्नो अग्रतालाई निरन्तरता दिँदै सन् २०२०/२१ मा आफ्नो बजार अझ विस्तारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महामारी चरमोत्कर्षको रहेको समयमा कार्गोले आफ्नो दैनिक सेवा तीन गुणा भन्दा बढाएर एकै दिनमा १८३ उडान भर्दै सन् २०२० को मे महिनामा रेकर्ड नै राख्न सफल भएको जनाएको छ । कार्गोले पनि माल ढुवानीमा अघिल्लो आर्थिक बर्ष २०१९/२० का तुलनामा २०२०/२१ मा २७,२७,९८६ टन ९चार्जेबल तौल०का साथमा ४.६ प्रतिशत बढोत्तरी हात पारेको छ । माल ढुवानीमा आएको यो बढोत्तरीका साथै कार्गो यिल्डमा आएको उल्लेख्य बृद्धिले कार्गो वाहकको आम्दानीमा पनि दोब्बर भन्दा बढी बृद्धि भएको छ ।


समूहको इतिहासमै अहिलेसम्मकै सर्वाधिक कठिन बर्ष झेले पनि आफ्नो बलियो व्यवसायिक आधार मार्फत एयरलाइनले आफ्नो सञ्जाल ३३ गन्तब्यबाट १ सय ४० भन्दा अधिक स्थानमा पु¥याएको छ । अबिडजान, कोट डीभ्वा, अबुजा, नाईजेरिया, अक्रा, घाना, ब्रिसबेन, अष्ट्रेलिया, हारारे, जिम्बाब्वे, लुआन्डा, एंगोला, लुसाका, जाम्बिया, शान फ्रान्सिस्को र सियाटल, यूएस गरी एयरलाइनले ९ नयाँ गन्तव्यमा आफ्नो उडान आरम्भ गरेको छ ।


समूहले अमेरिकन एयरलाइन्स, एयर क्यानाडा, अलास्का एयरलाइन र चाइना साउदर्न एयरलाइन्स लगायत प्रमुख एयरलाइन्ससँग नयाँ रणनैतिक साझेदारी विस्तारको महत्वकांक्षामा पनि उल्लेख्य प्रगति गरेको विवरण सार्वजनिक गरेको छ ।

प्रतिकृया