आकासमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट सन्चालन
प्रकाशित मिति
२०७८ आश्विन १२ गते, मंगलवार ११:२४
१२ असोज, २०७८ काठमाडौँ : प्राविधिक समस्या देखिएको भनेर सोमबार करिब दुई घण्टा आकासमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट सन्चालनमा आएको छ । कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौँ विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।
चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उनले बताए । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौँबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौँँ फर्किएको थियो । आकाशमा करिब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।
‘सोमबार अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गर्नुभयो,’ एक अधिकारीले भने, ‘गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो ।’ उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ ।








प्रतिकृया