• २० असोज २०८३, मंगलबार
  • ९ः२० राती

जेठी श्रीमतीसँग धर्मेन्द्रको तस्बिर सार्वजनिक, मुमताजले दिइन् अभिनेतालाई ‘सरप्राइज’

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०९:५६

१२ असोज, २०७८ काठमाडौँ : बलिउड अभिनेता धर्मेन्द्र सधैं लाइमलाइटमा रहन्छन् । अभिनेता अहिले पनि आफ्नो व्यवहार र अन्दाजले प्रशंसकमाझ चर्चित छन् । धर्मेन्द्र आफ्नो परिवारसँगको फोटो धेरैजसो सेयर गरिरहन्छन् । पछिल्लो जमानाकी स्टार मुमताज हालै धर्मेन्द्रलाई भेट्न उनको निवास पुगेकी थिइन् । मुमताज धर्मेन्द्रकी सहकर्मी थिइन् । मुमताज आफ्नी बहिनीसँग धर्मेन्द्रलाई भेट्न पुगेकी हुन् ।

National Life

यी दुईबीचको भेटघाटको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । यसबाहेक अर्को एउटा तस्बिर पनि भाइरल भइरहेको छ जसमा मुमताजसँग धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर देखिएकी छिन् ।


धर्मेन्द्रलाई भेट्न पुगिन् मुमताजः

Classic Tech Mobile
Classic Tech Desktop

धर्मेन्द्रले इन्स्टाग्राम स्टोरीमा फोटो राखिएका एउटा भिडियो सेयर गरेका छन् जसमा यी अनस्क्रिन जोडीको सुपरहिट गीत ‘मे तेरे इश्कमा मर ना जाउँ कहिँ’ बजिरहेको छ । मुमताजले पनि इन्स्टाग्राममा धर्मेन्द्रसँग आफ्नो एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी एक अर्कासँग पोज दिइरहेको देखिएका छन् ।


प्रकाश कौर पनि देखिइन्ः

स्मरण रहोस्, नायिका मुमताज आफ्नी बहिनीसँग धर्मेन्द्रको जुहूस्थित निवास पुगिन् । यति बेला एउटा फोटो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा धर्मेन्द्र र मुमताजसँग उनकी श्रीमती प्रकाश कौर पनि देखिएकी छिन् । प्रकाश कौरसँग धर्मेन्द्रले सन् १९५४ मा विवाह गरेकी थिइन् । यतिबेला उनी १९ वर्षका मात्रै थिए । त्यसपछि धर्मेन्द्रले दोस्रो विवाह हेमा मालिनीसँग सन् १९८० मा गरे ।


थुप्रै प्रोजेक्टका हिस्सा रहे धर्मेन्द्र–मुमताजः

यस्तै मुमताजसँग धर्मेन्द्रको जोडीको कुरा गर्ने हो भने दुबैको जोडी उत्कृष्ट थियो । दुबैले थुप्रै फिल्ममा सँगै काम गरे र यी दुईमाथि सुपरहिट फिल्म पनि छायांकन गरिएका छन् । यी दुइले ‘झील के उस पार, आदमी र इंसान, लोफर, काजल, मेरे हमदम मेरे दोस्त र चन्दन का पालना’ समेत थुप्रै फिल्ममा सँगै अभिनय गरे । एजेन्सी

प्रतिकृया