• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

बैंक अफ काठमाण्डूका कार्ड बाहक ग्रकहरुलाई दराजको दशैं धमाका योजनामा २०% सम्मको छुट

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०५:२१

११ असोज, २०७८ काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको दशैं धमाका योजनामा २०% सम्म छुट हुनेछ ।

National Life

नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% सम्मको छुटको सुबिधा पाउने छ ।


बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.२ हजार सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २०% वा अधिकतम रु.२ हजार ५ सय सम्म छुटको पाउने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सकिने छ ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया