• ३० भदौ २०८३, मंगलबार
  • ६ः२५ बेलुका

चुडामणि शर्मा विशेष अदालतमा हाजिर

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०४:०६

११ असोज, २०७८ काठमाडौँ : कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालिन आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

National Life

सोमबार उनको विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बयान भइरहेको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । बयानपछि उनलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।

प्रतिकृया