• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

बाबा सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न, नाफा कति ?

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०५:४८

१० असोज, २०७८ भक्तपुर : मध्यपुरथिमिस्थित बाबा बचत तथा ऋण सहकारी संस्था लि को १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले कोभिड–१९ को महामारीका बीचमा पनि सहकारीले नाफा गर्नु प्रगतिको पथमा अगाडि रहेको पुष्टी गरेको बताएका छन् । उनले बाबाले वासलातमा १० करोडमा बृद्धि गर्नुले साकोसको कुशल ब्यवस्थापन रहेको पुष्टी गर्ने भन्दै सहकारीले सामाजिक कार्य पनि देखाएको सक्रियताले समाजप्रतिको उत्तरदायित्व बहन गर्न सफल भएको जनाए ।

National Life

नगरप्रमुख श्रेष्ठले बाबा साकोसले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य पेसेन्ट मनिटर सहयोग गरेको भन्दै यस सहकारीले वातावरणीय क्षेत्रमा सुधार ल्याउन बायो–कल्चर बृक्षारोपण गर्नु, शिक्षा क्षेत्रको विकास गर्न स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान गर्नु प्रशंसनीय कार्य रहेको चर्चा समेत गरेका छन् । उहाँले मध्यपुरथिमि नगरपालिकाले सम्पदाको संरक्षण, पुर्ननिर्माणको क्षेत्रमा उल्लेख्य प्रगति गर्दै नेपालका पालिकाहरुमा पहिलो बन्न सफल भएको जनाए ।


कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बाबा सहकारीले आफ्नो कार्यक्षेत्रलाई बिस्तार गर्दै सामाजिक, साँस्कृतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान बताए । त्यसअवसरमा जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठ, डा विनय श्रेष्ठ, संस्थाका उपाध्यक्ष राजेश श्रेष्ठले बाबा सहकारीले सदस्यदेखि समाजसम्ममा गरेको विश्वसनीय योगदानकाबारेमा चर्चा गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाले आफ्ना सदस्यहरुलाई केन्द्रित गरेर कार्य सम्पादन गर्दै सहकारीको मूल्य र मान्यतालाई आत्मसात गरी सेवा प्रवाह गर्दै आएको जनाए । उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले रकम अभावकै कारण स्वास्थ्य बिमा सेवा नरोक्न आग्रह गर्दै कानूनी प्रक्रिया मिलाएर बाबा साकोसले अस्पतालको लागि आपतकालिन ऋण प्रदान गर्न तयार रहेकोे बताए ।


रु ५७ लाख ३६ हजार नाफा

संस्थाले आर्थिक वर्ष २०७७/७८ मा रु। ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ । संस्थाले चार करोड ९२ लाख दुई हजार १०० रुपैंया शेयर पूंजी रहेको र ३५ कारोड ८७ लाख ७२ हजार ४४३ रुपैंया ८६ पैसा निक्षेप संकलन गरी २९ करोड ९७ लाख ६५ हजार ९६२ रुपैंया २६ पैसा लगानी गरेको जानकारी दिएको छ ।

प्रतिकृया