• १९ असोज २०८३, सोमबार
  • ७ः०८ बेलुका

धादिङका ३ पालिकामा कांग्रेस नेतृत्व चयन अझै अनिश्चित

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०५:१३

१० असोज, २०७८ धादिङ : शनिबारदेखि पालिका अधिवेशन सुरू भए पनि धादिङका ३ पालिकामा अझै नेपाली कांग्रेसको नेतृत्व चयन हुन सकेको छैन । १३ वटा पालिकामध्ये ८ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । २ पालिकामा निर्वाचनबाट नेतृत्व छानिएको छ । निलकण्ठ नगरपालिका, नेत्रावती डबजोङ गाउँपालिका र रुवीभ्याली गाउँपालिकामा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । निलकण्ठमा मतदान सुरू भइसकेपछि व्यवस्थापन राम्रो नभएको भन्दै हो(हल्ला भएपछि निर्वाचन स्थगन गरिएको थियो ।

National Life

स्थगन भएका पालिकामा निर्वाचन गर्ने विषयमा आज साँझ छलफल हुने जनाइएको छ । नीलकण्ठ नगरपालिकामा नगरपालिकाका प्रमुख भीम ढुंगाना पक्षबाट शम्भुसिहं ठकुरी र पूर्वजिल्ला सभापति रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् । अधिवेशन भएका पालिकामध्ये धुनिवेँसी नगरपालिकामा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दीपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भूमि कडेल, वेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालमुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, खनियाँबासमा मरिचमान तामाङ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।


त्यस्तै निर्वाचनबाट गंगाजमुना गाँउपालिकामा फैसिङ तामाङ र सिद्दलेकमा रामशरण गिरी विजयी भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया