• २० असोज २०८३, मंगलबार
  • १२ः३२ राती

भारी वर्षाका कारण चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार १२:०५

१० असोज, २०७८ एजेन्सी : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिसहरू बेपत्ता भएका छन् । आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ।

National Life

तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसैगरी अर्का एकजना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् । तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय निर्माण स्थलको अस्थायी छाप्रो भित्र थिए।


आइतबार बिहान पहिरोमा परी मानिस बेपत्ता भएको खबर पाएपछि प्रान्तले विभिन्न शहरहरूबाट १०० भन्दाबढी मानिसहरूलाई उद्धारका निम्ति तियानक्वान पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया