• २१ असोज २०८३, बुधबार
  • ३ः१३ राती

गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँछ : देउवा

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०१:२९

स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागी हुन आग्रह

National Life

९ असोज, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ नगर अधिवेशनमा देखिएको उत्साहले कांग्रेसलाई बलियो बनाउँने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पार्टीको गाउँ र नगर अधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई अझ बलियो बनाउने बताए ।


उनले कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरूमा आग्रह समेत गरेका छन् । देउवाले भनेका छन्, ‘तपाईंरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु ।’ कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज अधिकांश जिल्लामा पालिका अधिवेशन भइरहेको छ ।


प्रतिकृया