• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’ : वामदेव

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार १०:३४

‘राजनीतिक व्यक्तिले पार्टी फुटाएर अर्को पनि बनाउन सक्छ’

National Life

९ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले केपी शर्मा ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका छन् । एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले भने, ‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो !’


नेकपा एमालेले तपाईको राजीनामा अस्वीकृत गरेछ, निर्वाचन आयोगमा पनि नाम पठाएछ नि भन्ने प्रश्नमा नेता गौतमले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । केपी ओलीको नेतृत्वमा आफू बस्न नसक्ने उनले दोहोर्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीको दिमागमा लागेको हुन सक्ने गौतमको विश्लेषण छ । उनी भन्छन्, ‘मेरो राजीनामा अस्वीकृत गर्ने र केही गरी वामदेवलाई ल्याउन सकियो भने त्यो फिर्ता गर भन्ने केही कुरा केपी ओलीको दिमागमा आयो होला । त्यो खेल भएको हुन सक्छ ।’


नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन ।


‘राजीनामा दिइसकेपछि त्यो राजीनामा भइहाल्यो नि । स्वीकृत गर्ने, नगर्ने कुराको कुनै मतलब हुँदैन’ नेता गौतमले भने, ‘म सिद्धान्तनिष्ठ व्यक्ति हो । विचार, सिद्धान्त यी सबै कुरामा नैतिकताको पनि सवाल आउँछ । मलाई ओलीको नेतृत्वमा त्यहाँ बसिरहन उपयुक्त लागेन ।’

प्रतिकृया