• २१ असोज २०८३, बुधबार
  • ५ः४० बिहान

रिहा भइन् हुवावेकी प्रमुख वित्त अधिकारी मेङ, क्यानडाबाट चीन प्रस्थान

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार १०:४७

९ असोज, २०७८ काठमाडौँ : अमेरिकाले लगाएको छलीको आरोपका कारण क्यानडामा पक्राउ परेकी चिनियाँ कम्पनी हुवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झोउ चीन प्रस्थान गरेकी छन् । अमेरिकासँग भएको सम्झौतापछि मेङ स्वदेश फर्किएकी हुन् । मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँग कूटनीतिक तनाव उत्पन्न भएको थियो।

National Life

अमेरिकाको आग्रहमा मेङलाई ठगीको आरोपमा सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो ।चीनले बदलास्वरुप क्यानडियन नागरिकलाई बन्धक बनाएको आरोप लागेको थियो, तर चीनले सो कुरा अस्वीकार गर्दै आएको छ।


क्यानडाको डिटेन्सनबाट रिहा भएपछि मेङले भनिन्, ‘मेरो जीवनमा उतारचढाव आयो। यो अति नै खराब समय थियो मेरा लागि।’ त्यसपछि उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबिच चीनले बन्धक बनाएका दुई नागरिकलाई स्वतन्त्र गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चिनियाँ डिटेन्सनबाट स्वतन्त्र भएका माइकल स्पेरभ र माइकल कोवरिग स्वदेश फर्किने क्रममा रहेको जानकारी दिएका हुन् ।

प्रतिकृया