गायक वसन काफ्लेको ‘नो एमसिसि’ गीतको म्युजिक भिडियो सार्वजनिक
प्रकाशित मिति
२०७८ आश्विन ८ गते, शुक्रबार ०५:०५
८ असोज, २०७८ काठमाडौँ : चर्चित गायक वसन काफ्लेको शब्द र संवादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त गीतको म्युजिक–भिडियो सार्वजनिक गरिएको हो । गायक वसन काफ्ले, मौसम मधुर र रेवन भित्रिकोटीको स्वरमा रहेको गीतको भिडीयोमा निर्देशन कमल राईले गरेका छन् । जसमा छायाँकन शिव ढकालको रहेको छ । भिडियोमा एमसिसी सम्झौता गर्न नहुने सन्देश दिइएको छ ।
गीतको भिडियो नेट फर नेपाल यट्युुब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा चर्चित नायक नवल खड्का, वसन काफ्ले, मौसम मधुर, रेवन भित्रिकोटी, लगायतको शसक्त अभिनय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै गीतका गायक तथा मोडल मौसम मधुरले वसन काफ्लेले रचना गरेको यस गीतमा आफुले गाउन पाउदा निकै खुशी लागेको बताए । एमसिसीको विरोध नर्गर्ने कलाकारहरुको अमेरिका जान इच्छा भएको हुनसक्ने आशंका समेत व्यक्त गरे । आफुहरुलाई भने जान मन नलागेको स्पष्ट पारे । उनले नो एमसिसी गीतको गीत पनि गाएका थिए । कार्यक्रममा गीतका गायक तथा मोडेल वसन काफ्लेले विभिन्न कारणले देश यतिखेर दुखमा फसेको बताए । पार्टीहरु भन्दा हामी नागरिक हौ भनेर एमसिसी हस्तक्षेपलाई सबै जनतासामु पर्याउन कोशिश गरेको बताए ।

जनता र देशको हितमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाई थियो । सम्पुर्ण जनताको भावना समेटिएको शब्द रचना गरेर गीत तयार भएको बताए । कार्यक्रममा नेपाली जनता पार्टीका नेता एम जिसीले गीत संगित सधै अमर रहने बताए । देश तथा बिदेशमा रहेका सबैलाई झक्झक्याउने गीत संगितले भएको उल्लेख गरे । उनले गीत संगितले जनताको मन–मनमा आवाज पुर्याउने माध्यम भएको जिकिर गरे । नेपाली जनता पार्टीले सरकारलाई एमसिसी पासले नेपालमा घातक हुने भन्दै निवेदन दिएको समेत स्पष्ट पारे । हामी नेपाली हाम्रो नेपालका संयोजक तथा अभियन्ता ज्ञानेन्द्र शाहीले कार्यक्रममा बोल्दै संगितले नै मानिसको चेतनाको बृद्धि गर्ने बताए । उनले भने, ‘प्रत्येक आन्दोलनमा गीतले महत्वपुर्ण भ’मिका खेल्दै आएको छ ।
यस गीतले एमसिसी देशको हितमा छ वा अहितमा छ भन्ने जनतासामु प्रस्ट पार्नेछ ।’ उनले एमसिसी विरुद्ध कहलिएका कलाकारहरु मौन बसेको आरोप लगाउदै देश नै नरहे कला पनि नरहने उल्लेख गरे । एमसिसी पारित गरेमा नेपालीहरु घरको ढोकामा आउन पनि नसक्ने अवस्था आउने बताए । एमसिसीका विरुद्ध लड्ने समय आएको भन्दै अब सत्ताको लागि नभई अब राष्ट्रको लागि लड्न पर्ने उनको भनाई थियो ।








प्रतिकृया