• २१ असोज २०८३, बुधबार
  • ७ः४६ बिहान

मराठी नायिका ईश्वरीको कार दुर्घटनामा निधन

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०१:३१

८ असोज, २०७८ एजेन्सी : भारतको पुणेमा बस्ने मराठी नायिका ईश्वरी देशपाण्डे र उनका साथी शुभम डेगेको गोवामा गहिरो पानीमा डुबेका कारण निधन भएको छ । प्रहरीले दुबैको शव सोमबार उत्तरी गोवाको अरपोरा इलाकामा गहिरो पानीमा डुबेको कारभित्र भेटेको थियो । ईश्वरीको कपहिलो मराठी फिल्म रिलिज हुने तयारीमा थियो ।

National Life

२५ वर्षीय नायिका तथा उनका २८ वर्षीय साथी शुभम डेगेको मृत्युको विषयमा गोवा प्रहरीले यी दुई चढेको कार तीब्र गतिमा भएको र यो अनियन्त्रित भएपछि पानीमा खसेको जानकारी दिए । कार कसले चलाइरहेका थिए भनेर यकिन जानकारी पाउन नसकिएको पनि प्रहरीले बताएको छ । सेन्ट्रल लक लगाइएका कारण यी दुबै कारबाट बाहिर निस्कन नपाएको र बेलुका करिब ७ बजे उद्धारकार्य सुरु भएको थियो ।


रातभरी चलेको अभियानपछि मंगलबार बिहान मात्रै उनीहरुको शव निकाल्न सकिएको थियो । इश्वरी देशपान्डे एक हिन्दी र एक मराठी फिल्ममा काम गरिरहेकी थिइन् । मराठी फिल्मको सुटिङ लगभग पूरा भइसकेको थियो र ती चाँडै नै रिलिज हुने तयारीमा थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कुनै क्लबमा गएको आशंकाः

दुबैको हातमा रिस्टब्यान्ड भेटिएको थियो । दुर्घटनाको अघिल्लो रात उनीहरु कुनै क्लबमा गएको हुनसक्ने पनि आशंका गरिएको छ ।

प्रतिकृया