• २१ असोज २०८३, बुधबार
  • ८ः०२ बिहान

६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय

प्रकाशित मिति

२०७८ आश्विन ८ गते, शुक्रबार ०१:१९

८ असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो।

National Life

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।


चाडै केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उनले बताए । काँग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ । १३ जिल्लाका क्रियाशील सदस्यको चाडै सार्वजनिक हुने शर्माले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया