• २१ असोज २०८३, बुधबार
  • ३ः१६ दिउँसो

छुरा प्रहार गरी फरार रहेका २ जना पक्राउ

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०१:५५

काठमाडौं जडिबुटीमा २४ वर्षीय सुवास बुढाथोकीलाई धारिलो हतियार छुरा प्रहार गरी फरार भएका २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोटेश्वर बस्ने दोलखा गौरीमुढी-७ घर भएका १९ वर्षीय डिम्पल घिसिङ र काठमाडौं सिनामंगल बस्ने २० वर्षीय आशिष वयलकोटी रहेका छन् ।
बुढाथोकीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले घटनामा ‍संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं लोकन्थलीबाट घटना भएको ४ घण्टाभित्रै उनीहरुलाई छुरा सहित फेला पारी पक्राउ गरेको हो । घाइते बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया