छुरा प्रहार गरी फरार रहेका २ जना पक्राउ
प्रकाशित मिति
२०७६ असार ६ गते, शुक्रबार ०१:५५
काठमाडौं जडिबुटीमा २४ वर्षीय सुवास बुढाथोकीलाई धारिलो हतियार छुरा प्रहार गरी फरार भएका २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कोटेश्वर बस्ने दोलखा गौरीमुढी-७ घर भएका १९ वर्षीय डिम्पल घिसिङ र काठमाडौं सिनामंगल बस्ने २० वर्षीय आशिष वयलकोटी रहेका छन् ।
बुढाथोकीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं लोकन्थलीबाट घटना भएको ४ घण्टाभित्रै उनीहरुलाई छुरा सहित फेला पारी पक्राउ गरेको हो । घाइते बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया