• २१ असोज २०८३, बुधबार
  • ३ः११ दिउँसो

आफ्नो ड्रोनले हवाई सीमा उल्लंघन नगरेको अमेरिकाको दाबी

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०७:१७

अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको बताउनु भएको छ । नियतबस खसालिएको हो भन्नेमा आफूलाई अझै पनि विश्वास नरहेको ट्रम्पले उल्लेख गर्नु भएको छ । ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको इरानले बताएको छ । तर अमेरिकाले भने आफ्नो ड्रोनले हवाई सीमा उल्लंघन नगरेको दाबी गर्दै आएको छ । यो घटनाले अमेरिका र इरानबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ ।

National Life

इरानको दक्षिणी प्रान्त होर्मोग्गानको कुह्मोबाराक क्षेत्रमा इरानी सेनाले ड्रोनमा आक्रमण गरेको हो । अमेरिकाले मध्य पूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

प्रतिकृया