• २१ जेठ २०८३, बिहीबार
  • ६:५३ बिहान

मन्त्रिपरिषद् छिट्टै हेरफेर हुने प्रचण्डको भनाई

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०७:०८

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि मन्त्रिपरिषद्मा फेरबदल गर्नेबारे प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको बताउनु भएको छ । उहाले सरकारले जनजीविका सहज नबनाएको र अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारको आलोचना समेत गर्नु भयो । उहाको अनुसार मन्त्रिपरिषद् छिट्टै हेरफेर हुनेछ ।
प्रेस संगठन कास्कीले बिहीबार हिजो गरेको पत्रकार भेटघाटमा बोल्दै ‘मन्त्रिपरिषद्मा केही हेरफेर हुने तर कहिले र को फेरिने भन्ने विषय प्रधानमन्त्रीको विषय भएकोले नीति कार्यक्रम र बजेटपछि मन्त्रीहरू हेरफेर गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भइरहेकै छ उहाले बताउनु भयो ।
पोखराका पर्यटन व्यवसायीहरूसँग छलफल गर्दै उहाले मन्त्रिपरिषद्मा हेरफेरसँगै पर्यटनमन्त्री नियुक्त हुने बताउनु भयो । प्रचण्डले पार्टी एकतामा भएका सहमति र त्यसवेला गरेका प्रतिबद्धतामा कसैलाई पनि दायाँबायाँ गर्ने छुट नभएको जिकिर गर्नु भयो ।
प्रचण्डले गुठीलगायतका केही विधेयकमा जनअसन्तुष्टि देखिएकाले सरकारले विधेयक फिर्ता लिएको बताउनु भयो । विधेयकबारे पार्टीका नेताहरू र अन्य सरोकारवालाले समेत अपनत्व लिन नपाएको उहाले बताउनु भयो ।

प्रतिकृया