• २१ असोज २०८३, बुधबार
  • ३ः११ दिउँसो

ब्राउन सुगर सहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०६:५१

भक्तपुरः भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बिहीबार हिजो ब्राउन सुगर सहित दुई युवा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई साढे १२ बजे पक्राउ गरेका हुन । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका घर, हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षीय पुरण परियार र रुपन्देही घर भई हाल भक्तपुर दुवाकोट बस्ने २३ वर्षीय राधेश्याम बेलदार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

National Life

प्रहरीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने ५.५ ग्राम लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिनू भयो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भैरहेको उहाले बताउनु भयो ।

प्रतिकृया