• २१ असोज २०८३, बुधबार
  • ३ः१९ दिउँसो

नयाँबानेश्वर वृत्त प्रमुखमा रेग्मीलाई स्वागत, काफ्लेलाई रानीपोखरी सरुवा

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ०६:४१

काठमाडौँ, गत जेठ महिनाको तेस्रो साता प्रहरी प्रधान कार्यालयले नियमित सरुवा गरेतापनि सुविधानगर तिनकुने क्षेत्रमा सिसिटिभि जडानको काम नसकिएको कारण आफ्नो कार्यभार सुम्पिन नपाएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डिएसपि गोविन्दराज काफ्लेले बिहीबार हिजो वृत्तका नयाँ प्रमुख दुर्गाराज रेग्मीलाई कार्यभार सुम्पीनु भएको छ । डिएसपि काफ्लेको विदाई तथा रेग्मीको स्वागतमा वृत्तले आयोजना गरेको कार्यक्रममा वृत्तका अधिकृत तथा प्रहरीहरुले काफ्लेलाई टिका, खादा तथा उपहार दिएर विदाई गरेका थिए भने नयाँ डिएसपि रेग्मीको स्वागत गरेका थिए ।

National Life

सुविधानगर क्षेत्रलाई ७२ वटा सिसिटिभि जडान गरि सिसिटिभियुक्त बनाएर असार २ गते एक समारोहका वीच हस्तान्तरण गर्नु भएको थीयो हिजो देखि हाजिर भएका वृत्त प्रमुख रेग्मी भने यसअघि संघीय प्रहरी इकाई कार्यालय काभ्रेमा कार्यरत रहनु भएको थीयो ।  गत वर्षको असार २ गतेदेखि नयाँबानेश्वर वृत्त प्रमुखको कार्यभार सम्हाल्नु भएका डिएसपि काफ्लेलाई प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक परिचालन शाखा प्रमुखको रुपमा सरुवा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सहयोगी प्रहरीहरु पुरस्कृत
केही महिनाअघि महानगरीय प्रहरी परिसर काठमाडौंबाट नगदसहित उत्कृष्ट प्रहरी अधिकृतको पुरस्कार पाएका नयाँबानेश्वर वृत्त प्रमुख डिएसपि काफ्लेले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई नगदसहित पुरस्कृत गर्न भएको छ ।
सरुवा भएर जाँदाजाँदै पुरस्कृत गरिएका प्रहरीहरुमा प्रहरी निरीक्षक दीर्गबहादुर बोगटी, प्रहरी नायव निरीक्षकहरु जगदिश खड्का र प्रेमबहादुर विश्वकर्मा, प्रहरी सहायक निरीक्षकद्वय राजेन्द्र सिंह पुजारा र बलराम न्यौपाने छन् ।

प्रसनि पुजारा सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरका इन्चार्ज हुन । यसैगरि प्रहरी हवल्दारद्वय कल्पना कार्की र ध्रुव शाही तथा प्रहरी जवानहरु उमेश कार्की, मणिराम पाण्डे, भगवानदिन यादव, अमर अधिकारी, ओमशंकर चौधरी, कृष्ण बहादुर बोहोरा, सञ्जीव श्रेष्ठ र कमल जिसी छन् ।

प्रतिकृया