• १४ असोज २०८३, बुधबार
  • २ः४७ राती

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ११:४३

९ भाद्र, २०७८ काठमाडौँ : दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् ।

National Life

नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ ।


नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । दुवै दललाई आज आयोगले सनाखतका लागि बोलाएको हो । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया