• १८ असोज २०८३, आइतबार
  • ६ः३३ बेलुका

ट्यापट्याप सेन्ड यूकेको सेवा अब सिटी एक्सप्रेसमा, यूकेका नेपालीले ट्यापट्यापमार्फत सजिलै पैसा पठाउन सक्ने

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार ०४:००

८ भाद्र, २०७८ काठमाडौँ :  यूकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

National Life

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाइल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ । साथै हरेक कारोबारमा सेवाग्राहीलाई एसएमएसद्वारा जानकारी दिइने पनि सिटी एक्सप्रेसले जनाएको छ ।


सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका निर्देशक मिसेल फायले हस्ताक्षर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया