• १ भदौ २०८३, मंगलबार
  • १०:४० बेलुका

अटो रिक्सा पल्टिँदा एकको मृत्यु, एक घाइते

प्रकाशित मिति

२०७६ असार ५ गते, बिहीबार १०:३९

नबलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–१३ सिसनियामा बुधबार बेलुकी अटो रिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा अटोमा सवार भारतीय नागरिक ३५ वर्षीय प्रमोद साह रहेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

विवाहको लागि भारतबाट नेपाल आएको भारतीय नम्बरको अटो रिक्सा नियन्त्रण गुमाएर पल्टिँदा उनको मृत्यु भएको हो ।

Classic Tech Desktop

गम्भीर घाइते भएका साहको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका ४० वर्षीय शम्भु रायको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

दुर्घटनामा संलग्न अटो र चालकलाई ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया