• २० असोज २०८३, मंगलबार
  • ३ः१९ दिउँसो

इन्टरनेटको तार काट्नेलाई कारबाही गर्न इस्पानको माग

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०५:०२

४ भाद्र, २०७८ काठमाडौँ : चितवनको भरतपुरका नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुनियोजित रुपमा इन्टरनेटको तार काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संस्था (इस्पान) ले कारबाहीको माग गरेको छ । इस्पानले इन्टरनेटको तार काटेर दूरसञ्चार उपकरणमा क्षति पुर्‍याएको भन्दै दूरसञ्चार ऐन २०५३ लाई उल्लङ्घन गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

National Life

इस्पानले बुधबार जारी गर्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले भदौ २ गते बुधबार अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरूमा समेत क्षति पुर्‍याएर दूरसञ्चार उपकरणहरूलाई नियन्त्रणमा लिई इन्टरनेट सेवा नै अवरुद्ध गराएको जनाएको छ ।


पोल भाडादरबारे उच्च निकाय (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय) सँग छलफल भईरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञप्तिमा भनिएको छ– “साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउदछौँ। ”


‘गत साउन २४ गते दुरसञ्चार ऐनको दफा २१ र दफा ४२ को व्यवस्था बारे नेपाल विद्युत प्राधिकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराउँदा गराउँदै पनि यस्ता गैर–जिम्वेवारीपूर्ण क्रियाकलाप गरेकोमा हामी इन्टरनेट सेवा प्रदायकहरू ज्यादै अचम्मित भएका छौँ । संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’


उक्त क्रियाकलापले भरतपुरका दशौँ हजार उपभोक्ताहरूले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ्ग कारोबार गर्नबाट बन्चित भएपछि उपभोक्ताको दैनिकी नराम्रोसँग प्रभावित भएको संघले जनाएको छ ।

प्रतिकृया