• १५ असोज २०८३, बिहीबार
  • ११ः१५ राती

सुनको मूल्य गिरावट तोलामा कति ?

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ११:३७

४ भाद्र, २०७८ काठमाडौँ : आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजो बिहीबारको भन्दा ४०० रुपैयाँले घटेको बताएको छ । जसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

National Life

सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने उकालो लागेको छ ।


तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया