भन्सार छलेर अवैध रुपमा लैजान लागेको मदिरा सहित पक्राउ
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार १२:०९
डाक्नेश्वरी नगरपालिका-५ बाट सोही नगरपालिका-४ का ३७ बर्षीय अशोक कुमार यादबलाई भन्सार छलि अवैध रुपमा लैजान लागेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको मदिरा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
अवैध रुपमा भन्सार छलेर नेपालबाट भारततर्फ वैलगाडामा राखी लैजादै गरेको अवस्थामा उक्त मुल्य बराबरको कस्तुरी नामक मदिरा १७ कार्टुन र मामा श्री नामक मदिरा १२ कार्टुन ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट खटिएको प्रहरी टोलीले फेला पारी यादवलाई पक्राउ गरेको हो ।
त्यसैगरी राजगढ गाउँपालिका -२ स्थित बनैनियाबाट नेपालबाट भारततर्फ भन्सार छलेर अवैध रुपमा २ वटा साईकलमा लैजादै गरेको करिब ६ हजार मूल्य बराबरको माल श्री नामक ६ कार्टुन मदिरा सहित २ जनालाई प्रहरी चौकी झुटकी, सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सुपौल ग्राम पंचायत बनेनिया बस्ने ५० बर्षीय अम्बु यादब र ५५ वर्षीय मोहमद नसिर अहमद रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिकृया