• २१ असोज २०८३, बुधबार
  • ३ः२० दिउँसो

नियन्त्रित लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार १२:१५

डाक्नेश्वरी नगरपालिका-४ बाट नियन्त्रित  लागूऔषध डाईलेक्स डि.सी. १४ थान, ईन्जेक्सन ६ थान र नाईट्रोजन १ सय १६ थान सहित भारत मधुवनी घर भएका ४० बर्षीय नवलकिशोर यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय पातो सप्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरी बाटो छेउमा सुतिरहेको अवस्थामा यादवलाई फेला पारी जाँच गर्दा उक्त परिमाणको नियन्त्रित लागूऔषध फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

National Life

प्रतिकृया