स्रोत खुलाउन नसकेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार १२:०६
वीरगंज महानगरपालिका-८ घण्टाघरस्थितबाट स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँ ३ लाख ३० हजार ९ सय ९० र नेपाली रुपैयाँ ३१ हजार ३ सय २० सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका-२ भेडियाही बस्ने ३० वर्षीय कामेश्वर साह कलवार रहेका छन् ।
उक्त स्थानमा रहेको शर्मा मार्केटमा भारतीय रुपैयाँको अवैध कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा खानतलासी गर्दा स्रोत खुलाउन नसकेको उक्त रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Related
Recent News
- वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित
- राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया