नबिल बैंकको नाफा ४ अर्ब ५० करोड, लाभांश क्षमता ३० प्रतिशत
प्रकाशित मिति
२०७८ श्रावण ३२ गते, सोमबार ११:४०
३२ साउन, २०७८ काठमाडौँ : नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षभन्दा नबिल बैंकले ३०.०६ प्रतिशतले नाफा बढाएको हो। नबिल बैंकको अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रुपैयाँले नाफा थियो।
खुद ब्याज आम्दानी,कमिसन तथा ट्रेडिङ आम्दानी बढेसँगै नबिल बैंकको नाफा साढे ४ अर्ब पुगेको हो। चुक्ता पूँजी १३ अर्ब ८४ करोड रहेको नबिल बैंकले सेयरधनीलाई वितरण गर्ने नाफा ४ अर्ब १४ करोड रुपैयाँ गरेको छ।

यस आधारले नबिल बैंकले सेयरधनीलाई २९.९१ प्रतिशत लाभांश दिनसक्छ। नबिल बैंकले असार मसान्तमा पहिलो पटक यूनाइटेड फाइनान्सलाई एक्विजेशन गरेको थियो।

असार मसान्तसम्मममा नबिल बैंकमा २ खर्ब २३ अर्ब निक्षेप रहेको छ भने कर्जा १ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। अघिल्लो वर्ष नबिल बैंकको असार मसान्तमा नबिल बैंकमा १ खर्ब ९० अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो।
१२.६९ प्रतिशत पूँजीकोष अनुपात रहेको नबिल बैंकको खराब कर्जा अनुपात ०.७८ प्रतिशत छ। ७९.२२ प्रतिशत कर्जा निक्षेप अनुपात रहेको नबिल बैंकका बेसरेट ५.८६ प्रतिशत छ भने स्प्रेड ३.७९ प्रतिशत रहेको छ। इपिएस ३३.४० रुपैयाँ छ।




प्रतिकृया