• ३१ भदौ २०८३, बुधबार
  • ४ः१७ बेलुका

राष्ट्रिय युवा संघद्वारा मणिडों वैदिक उद्यानको शुभारम्भ (भिडियो सहित)

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ११:१५

२९ साउन, २०७८ ललितपुर : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालद्धारा काठमाडौँ उपत्यकामा तीन वटा पार्क बनाउने आफ्नो घोषित कार्यक्रम अन्तरगत आज मणिडों वैदिक उद्यान (पार्क)को निर्माणको शुभारम्भ गरेको छ । अन्तराष्ट्रिय दिवश २०७८ को अवसरमा राज्यलाई योगदान गर्ने अभियान अन्तरगत संघले आफ्नो व्यवस्थापन तथा सहयोगी दाताहरुको बजेटबाट पार्क निर्माण गर्न लागेको हो ।

National Life

ललितपुर महानगपालिका वडा नं. ११ को शंखमुल टाउन प्लानिङ्गमा एक विशेष कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरेको हो । पार्कको रेखदेख तथा संरक्षण भने टोल विकास समितिले गर्ने समझारी भएको छ । संघ अध्यक्ष किरण पौडेल तथा टोल विकास समितिका अध्यक्ष राजेश तण्डुकारबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त स्थानको ऐतिहासिक तथा पौराणीक पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्दै निर्माण गर्न लागिएको हो ।


वालवालिका, वृद्धवृद्धा तथा युवा युवातीमैत्री बनाइने लक्ष्यका साथ निर्माण शुभारम्भ गरिएको पार्क निर्माणमा स्रोत, साधन तथा बजेटको अभाव हुन नदिने संघले जनाएको छ । कार्यक्रममा बोल्दै नेता बस्नेतले युवा संघका नेता तथा कार्यकर्ता मुलुकको विकास र समृद्धिको मेरुदण्डको रुपमा स्थापित भएको बताए । विगतमा अधिकार स्थापनाको लागि सडक आन्दोलनको नेतृत्वकर्ताको रुपमा पहिचान बनाएको संघले हाल आएर राज्यलाई श्रमबाट समेत सहयोग गरी उदाहरणीय कार्य शुभारम्भ गरेको जनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले अरवौं रकम घोटलाका काण्डहरु भएता पनि संघले त्यसलाई गलत्याएर ठिक ठाउँमा ल्याएको नेता बस्नेतले दावी समेत गरेका छन् । अबका दिनमा नीतिको समस्या नभई व्यवहार र कार्यान्वयनको समस्या रहेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले संघले राज्यको विकास र समृद्धिमा स्वयमसेवकीय भूमिका निर्वाह गरी अगाडी बढेको बताए ।


कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा युवथफोर्स प्रमुख क्षितिज थेवे, उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटालगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिकृया