• २ असोज २०८३, शुक्रबार
  • ९ः३९ बिहान

कमलबिनायक – नगरकोट जाने बाटो तत्काल निर्माण सम्पन्न गर्न प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति

२०७८ श्रावण २८ गते, बिहीबार ०७:४२

२८ साउन, २०७८ भक्तपुर : युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले कमलबिनायक देखि नगरकोट जाने बाटो तत्काल मर्मत गरि जनजीवन सहजीकरण गराउन प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलयलाइ ज्ञापनपत्र बुझाएको छ । उक्त सडक बिगत सात बर्ष देखि अलपत्र भै जनजीवनमा प्रत्यक्ष असर पारेको हुँदा उक्त बाटो निर्माणको लागि भक्तपुर जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलयलाइ आज ज्ञापनपत्र बुझाएको हो ।

National Life

ज्ञापनपत्रमा गत २०७१ साल जेठबाट निर्माणको थालनी भए पनि निर्माण कम्पनीको लापरवाही र गैरजिम्मेवारीका कारण पटक पटक गरी ६ पटकसम्म म्याद थप गरी कार्य सम्पन्न गर्दा पनि आयोजन पुरा नहुनु दुखद भएको संघका जिल्ला अध्यक्ष रञ्जन मोहन सैंजुद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।


शैलुङ्ग कन्ट्रक्सन र ए आई पी एल जे भी ले निर्माणको जिम्मा लिएको १६ किलोमिटर सडक समयमा पुरा नहुँदा नगरकोटबासी र देशीबिदेशी पर्यटकले दुख कष्ट पाएको र जोखिमपूर्ण यात्रा गर्नुपरेको युवा संघका प्रभावशाली केन्द्रीय नेता दीपक थापाले बताउनुभयो । ज्ञापन पत्र संघका जिल्ला अध्यक्ष संजुले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रेषित गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ मुकेश कुमार केशरीले युवाहरुले बिकासका काममा चासो राख्नु उत्साहप्रद भएको भन्दै पत्र गृहमन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा प्रकृया अनुसार पठाईने बताउनुभयो ।उहाँले प्रशासन कार्यालय जिल्लाका बिकासको समन्वय गर्ने निकाय समेत भएकोल जिल्लाबाट सडकको शीघ्र निर्माणमा गर्न सकिने पहल गर्ने बताउनुभयो । सडक निर्माणमा भएको ढिलाईका कारण धुलो,धुवाँ र हिलाले स्थानीय बासिन्दामा जटिल रोगहरु देखा परेको केन्द्रीय नेता थापाले बताउनुभयो ।


स्थानीय बासिन्दाले निर्माण कम्पनी परिवर्तन गरेर छिटो योजना सम्पन्न गर्न नेपाल सरकार लगायत सरोकारवालालाई दबाब सृजना गर्न गराउन संघर्ष समिति निर्माण गरी ध्यानकर्षण गराएका र आन्दोलन गर्दै आएका छन् । ऋाम जनताको भावना बिपरीत बिगतका सरकारहरुले पटक पटक एउटै कम्पनीलाई म्याद थप गराउने तर निर्माण कार्य नगर्ने गैर जिम्मेवार र जनताको जीउधनमाथि खेलवाड गर्ने स्थिति सृजना भैरहेको संघको ठहर छ ।यसले गर्दा प्रमुख पर्यटकीय गन्तब्यको रपमा रहेको नगरकोट सुनसान हुन बाध्य भएको संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।


संघले यस सडक छिटो भन्दा छिटो तोकिएको गुणस्तर ,लागत र समयअबधिभित्र सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालय ,सडक बिभाग र मातहत कार्यालय र निकायलाई समेत आवश्यक पहल कदमी तथा अनुगमन गर्नका लागि संघले जोडदार माग गरेको छ । एक्जिम बैंक इन्डिया को ऋण सहयोगमा निर्माण कम्पनीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेका थिए । पटकपटक म्याद थपिए पनि काम पुरा भएको छैन ।


काम ढिला गरिँदा लागत रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । सडक विस्तार कार्य अलपत्र पारेपछि नगरकोटवासीले शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए ।


गतवर्ष साउनमै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी तत्काल काम गर्न निर्देशन दिएको थियो । गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडकको अनुगमन गरेर काम छिटो सक्न ताकेता गरेका थिए ।


शैलुङ कन्स्ट्रक्सन प्रालिले कालोपत्र गर्ने बेलामा लकडाउन भएको र पछि खुकुलो हुँदा वर्षा सुरु भएकाले काममा ढिलाइ भएको र अब बाँकी अबरोध पन्छाएर शीघ्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।


प्रतिकृया