• १ भदौ २०८३, मंगलबार
  • १२:०६ बिहान

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०१:३८

अदालतमा बयान दिने क्रममा ढलेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु भएको छ ।

अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । सरकारी टेलिभिजनले ६७ वर्षका मार्सीको मृत्यु हृदयघातको कारण भएको जनाएको छ । मोर्सी हाल प्रतिबन्धित रहेको मुस्लिम ब्रदरहुडका शीर्ष नेता थिए । मोर्सीविरुद्ध व्यापक विरोध प्रदर्शन भएपछि सेनाले मोर्सीलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो ।

Kamana Sewa

प्रतिकृया