• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

समुदाय-प्रहरी साझेदारी : सुनसरीमा बालविवाह विरुद्धको घरदैलो कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार ०१:०४

सुनसरी ।
सुनसरी जिल्लामा बढ्दो बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका-११ मधुवनमा सोमबार सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बराहाक्षेत्र नगरपालिकामा गठित नगरस्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समिति बराहक्षेत्रद्वारा जनचेतना फैलाउने उद्देश्यअनुरुप उक्त कार्यक्रम गरिएको हो ।

Kamana Sewa

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, उप-प्रमुख कमला मगर, जनप्रतिनिधिहरु, नगरस्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिका संयोजक, प्रहरी कर्मचारीहरू, सर्वसाधारण, बुद्धिजिवी समेतको र्‍याली ब्यानर तथा प्लेकार्ड सहित स्थानीय बजार तथा टोल परिक्रमा गरी सभामा परिणत भएको थियो ।

Classic Tech Desktop

नगरप्रमुख निलम खनाल, उप-प्रमुख कमला मगर लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जिवन तामाङले बालबिवाहले समाजमा पुर्‍याउने नकारात्मक असर तथा कानूनी ब्यवस्था सम्बन्धमा सचेतनामूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।

सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये २ उप-महानगपालिका, ४ नगरपालिका र ६ गाउँपालिकामा स्थानीय प्रहरी प्रमुख संयोजक रहने गरी लैंगिक हिंसा नियन्त्रण संजाल समिति गठन भई कार्ययोजना निर्माण पश्चात स्थानीय तहको सहकार्यमा बिभिन्न चेतनामूलक कार्यक्रम गरी सर्वसाधारणलाई सचेतना अभियान तीव्र रुपमा अगाडि बढीरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया