• १ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १२:१६

अमेरिकामा हाल झन्डै १ करोड भन्दा बढि गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्।

National Life

यसकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका छन्।
मंगलबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताएका हुन्।

ट्रम्पले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि तारिफ गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो। आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिवद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका छन्।

प्रतिकृया