• ३ असोज २०८३, शनिबार
  • ४ः२४ बेलुका

अन्ततः मेसीले बार्सिलोना छाडे, पिएसजी जाने हल्ला

प्रकाशित मिति

२०७८ श्रावण २२ गते, शुक्रबार ०८:०२

२२ साउन, २०७८ काठमाडौँ :  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी बार्सिलोना छाड्ने भएका छन्। स्पानिस फुटबलको संरचनागत र आर्थिक नियमका कारणले मेसीले बार्सिलोना छाड्नु परेको बताइएको छ। योसँगै मेसीले बार्सिलोनासँग नयाँ अनुबन्ध नगर्ने भएका छन् ।

National Life

गत महिना बार्सिलोनासँग अनुबन्ध सकिएका मेसी त्यही बेला विभिन्न क्लब जाने गफहरू भएका थिए। पछिल्लो समय बार्सिलोनासँग कुरा मिल्यो र त्यहीँ बस्ने भए भन्ने समाचार बाहिरिए पछि उक्त विषयको चर्चा हुन छाडेको थियो।


बार्सिलोना क्लबले जारी गरेको विज्ञप्ति अनुसार क्लब र मेसी दुवैलाई एक अर्का छाड्न मन नलागेको तर संरचनागत र आर्थिक नियमहरूले गर्दा मेसीलाई छाड्नु परेको आशय व्यक्त गरिएको छ। यसबारे विस्तृत विवरण सार्वजनिक हुँदै जानेछ।

Classic Tech Mobile
Classic Tech Desktop

मेसी बार्सिलोनामा नरहने भएपछि फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबल बजार तातेको छ। फेरि मेसी कता जान्छन् भन्ने गफहरू शुरु भएका छन्। पछिल्लो समय पिएसजी, म्यानचेस्टर सिटी दुई क्लबको नाम चर्चामा रहेको थियो।


खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा मेसी पिएसजी जाने आकलन गरिएका समाचारहरू प्रकाशित हुन थालेका छन्। मेसीका एजेण्टले पिएसजीसँग गफ गरिसकेको र कुरा मिलिसकेपछि बार्सिलोनाले मेसीबारे निर्णय सार्वजनिक गरिएको समेत भनिएको छ। फुटबल बजारका बारे धेरै गफहरू हुने गर्छन्।

प्रतिकृया