ओ माई गड २ मा दोस्रो पटक भगवानको भूमिका गर्दै अक्षयकुमार
प्रकाशित मिति
२०७८ श्रावण ६ गते, बुधबार १०:४९
६ साउन, २०७८ काठमाडौँ : वलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा देखिने भएका छन् । फिल्म ‘ओ माई गड २’मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेका हुन् । यस अगाडि यसै फिल्मको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह गरेका थिए । बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो ।
अहिले भने फिल्मको सिक्वेल बन्ने तयारी पुरा भएको बताइएको छ । ‘ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । यो फिल्मका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिएका छन् । साथै फिल्मका निर्देशक समेत फेरिएका छन् । ‘ओ माई गड’ उमेश शुक्लाले निर्देशन गरेका थिए भने अवको सिक्वेलका निर्देशक अमित राय हुन् ।
फिल्ममा अक्षयकुमार, पंकजको अलवा यामी गौतम पनि मुख्य भूमिका रहनेछिन् । फिल्मको सुटिङ अगस्टमा सुरु हुनेछ । फिल्मका लागि अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् । अक्षयकुमार यो फिल्म अगाडि ‘बेल बोटम’ सुटिङ पुरा गर्नेछन् । जसका लागि उनी इग्ल्याण उड्नेछन् । त्यहाँबाट फर्किए लगत्तै उनले ‘ओ माइ गड २’ सुटिङ गर्ने सेड्यूल रहेको छ ।






प्रतिकृया