प्रताप दासको स्वरमा ‘खुम्बु पासाङ ल्हामु’ सार्वजनिक
प्रकाशित मिति
२०७६ असार २ गते, सोमबार १०:२८
काठमाडौ । प्रताप दासको स्वरमा रहेको गीत ‘खुम्बु पासाङ ल्हामु’ सार्वजनिक भएको छ ।
विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको आधारभूमि भनेर चिनिने नाम्चे बजारमा अत्यन्तै राष्ट्रिय भावनाले भरिएको यस गीतमा पुरुषोत्तम सानुको शब्द, ज्योती प्रकाशको सङ्गीत र विष्णु अधिकारीको सङ्गीत संयोजन रहेको छ ।

पुरुषोत्तम सानुकै निर्देशन रहेको गीतको भिडियोमा पुरुषोत्तम आफैँ र अन्य व्यक्तित्वहरुलाई फिचरिङ गरिएको छ । उक्त भिडियोलाई हाइलाइट्स नेपाल युट्यूव च्यानल मार्फत सार्बजनिक गरिएको हो।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न रमणियदृश्यहरु कैद गरिएको गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै राम्रो बनेको छ । गाउँपालिकाको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृतिलाई समेटेर गीत तयार पारिएको छ । गोविन्द अन्जानको छायाँकन रहेको गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् ।
गीतकार सानुले यसभन्दा पहिले राष्ट्रिय गीतकै धारमा आधारित “फर्कि आउने हो कि होइन” म्यूजिक भिडियो समेत बजारमा ल्याइसकेका छन् जुन म्यूजिक भिडियो निकै चर्चामा रहेका छन्।
राष्ट्रदेखि विश्वस्तरसम्म राष्ट्रियता र शान्तिको सन्देश बोकेको “खुम्बू पासाङ ल्हामू” ले विश्वमा नेपाल चिनाउँने अर्को आयाम थपेको छ।




प्रतिकृया