• १ भदौ २०८३, मंगलबार
  • १२:०६ बिहान

प्रियंका कार्की अभिनित फिल्म ‘प्रेम दिवस’ रुचाएनन र्दशकले

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार १०:१७

गत शुक्रबारबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । फिल्ममा रियल जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ । फिल्म रिलिज भएको एक दिन अगाडी राजधानीको वीग मुभिजमा फिल्मको ग्रान्ड प्रिमियर गरिएको थियो ।

प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकारहरु उपस्थित भएका थिए । त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरीएको योगेश घिमिरेको निर्देशनमा तयार भएको यस फिल्ममा प्रियंका, आयुष्मानका साथ नब अभिनेता विशाल खरेलले मुख्य भूमिका निर्वाह गरेका छन् ।

Kamana Sewa

प्रदीप भारद्वाजले एक युवतीले गरिब र धनी युवकसँग प्रेम गर्दा आइपर्ने बिषय तथा इलामको चिया उद्योगमा काम गर्ने युवा–युवती र उनीहरुको मालिकको कथा देखाउन खोजिएको छ । कथा नयाँ भएपनि फिल्मको पटकथा भने कमजोर देखिएको छ ।

Classic Tech Desktop

चलचित्रमा नायक आयुष्मान देशराज जोशीले पागल प्रेमीको भूमिका निर्वाह गरेका छन् भने उनको अभिनयलाई दर्शकहरुले निकै तारिफ गरेका छन् । उनले आफ्नो भूमिकालाई राम्रो संग प्रस्तुत गरेका छन् । तर, नायिका प्रियंकाको अभिनयले दर्शकको मन जित्न भने सकेको छैन ।

उनको यस फिल्मको अभिनय पहिलेको फिल्महरुमा भन्दा खस्किएको बताइएको छ । नव–नायक विशाल खरेलको अभिनय पनि कमजोर देखिन्छ । फिल्मको लोकेशन, गीत तथा संगीत तारिफ गर्न लायकको छ ।

फिल्ममा प्रियंका, आयुष्मान र विशाल खरेलका साथ हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा प्रियंकालाई आयुष्मान र विशालको दोहोरो प्रेममा देखाइएको छ ।

प्रतिकृया